सुरक्षा/अपराध

  • मुख्यमन्‍त्री र मन्त्रीको तस्बिरमा जुत्ता हान्‍ने चार पक्राउ

    जकपुरधाम : गत आर्थिक वर्षको भुक्तानी हालसम्म नदिएको भन्दै उपभोक्ता संघर्ष समितिले उग्र आन्दोलन सुरु गरेको छ। शुक्रवार जनकपुरमा मुख्यमंत्री लालबाबु राउतदेखि मन्‍त्रीसम्मको तस्वीर राखिएको विरोधी व्यानरमा जुत्ता चप्पल हान्न थालेपछि चार उपभोक्तालाई प्रहरीले पक्राउ गरेको हो। ...


  • कैदी फरार प्रकरण : सईसहित पाँचजनालाई विभागीय कार्वाही सिफारिस

    रौतहट : रौतहटको गौर कारागारबाट कैदी भगाएको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरिक्षकसहित पाँच जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। कैदी फरार प्रकरणमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीको संयोजकत्वमा गठित छानबिन समितिले बुझा...


  • बलात्कारको आरोपमा तीनजना पक्राउ

    बारा : बाराको जितपुरसिमरा-२० मा बाख्रा चराउन गएकी एक युवतीलाई उखुबारी लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले जितपुरसिमरा-२० बस्ने  २५ वर्षीय शेष जमिन आलम, सोही वडाका १८ वर्षीय नैमुदि...


  • ६ दिनमा ४६ सवारीसाधन कार्वाहीमा

    रुकुम : रुकुम पश्चिममा ६ दिनको अवधीमा ४६ सवारीसाधन कार्वाहीमा परेका छन्। बसमा क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावि पार्किङ गर्ने, सवारीसाधानको कागजपत्र नबोक्नेलगायतको कैफियत देखिएका ४६ सवारी साधानलाई ट्राफिक कार्यालय मार्फत कारबाही गरिएको हो। जिल्ला प्रहरी कार्याल...


  • झापाको माइ मेलामा जुवाखाल, मोटरसाइकलबाट २०० असुल्ने युवक पक्राउ

    झापा : माघे सङ्क्रान्ति पर्वको अवसरमा झापाको कनकाई (माइ) नदी किनारमा लागेको माइबेनी मेलामा प्रहरीकै अघि जुवाखाल सञ्चालन गरिएको छ। दर्शक र भक्तजनबाट मनमौजी रकम असुली भइरहेको छ भने कानूनले बर्जित गरेका गतिविधीहरु भइरहेका छन्। पार्किङ शुल्क भन्दै २०० रुपैयाँ उ...


  • दाङमा डोजरको ठक्करबाट एक बृद्धको मृत्यु

    दाङ : डोजरले ठक्कर दिँदा दाङमा एक बृद्धको ज्यान गएको छ। शान्तिनगर गाउँपालिकाको पेदीखोलाबाट शान्तीनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्वरको डोजरले बुधबार राती साढे नौ बजेतिर सोही गाउँपालिका १ का ६६ बर्षीय लालबहादुर थापालाई ठक्कर दिएको थियो। डोजरले ठक्कर द...


  • किमाथाङ्का नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट

    संखुवासभा : भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ। उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमु...


  • ३५ लाख रुपैयाँ बराबरको मोबाइल बरामद

    काठमाडौँ : नेपाल प्रहरीले भन्सार छलेर ल्याइएको १०७ थान मोबाइल फोनका सेट बरामद गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना६ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नंको बस जाँचका क्रममा ती मोबाइल बु...


  • गायिका आस्था राउतले प्रहरीलाई गरिन् तथानाम गाली

    काठमाडौं : गायिका आस्था राउत विवादमा तानिएकी छन्।  आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शै...


  • पोशाकमै भारतीय सुरक्षाकर्मी चिसापानीमा

    काठमाडौं : पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए। उनीहरूलाई सामान्य सोधपुछपछि छा...


  • पोखरामा अमेरिकी नागरिक मिसेलको ठगी धन्दा : रकम उठाउँदै, गायब बनाउँदै

    काठमाडौं : अमेरिकी नागरिक मिसेल अलेक्जेण्ड्रा वेल्चले नेपालमा बसेर पैसा कमाउने अवैध धन्दा चलाइरहेकी छन्। पोखरामा बसेर नेपालका विभिन्‍न समस्या देखाउँदै उनले विदेशबाट रकम संकलन गरिरहेकी छन्।  ६ वर्षअघि नेपाल घुम्‍न आएकी...


  • संघीयताको विद्रुपीकरण : सिडिओले बन्द गराएको अवैध क्रसर उद्योग नगरपालिकाले खुलायो

    काठमाडौं : स्वतन्त्रता र स्वायत्तता पाउनेको नियत खराब भयो भने के होला?  मंसिर १७ गते अध्यागमन विभागमा सरुवा गरिएका लमजुङका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) डीजन भट्टराईले बुधबार बिहान लेखेका फेसबुक स्टाटस पढे यसको उत्तर भेट्न सकिन्छ।  राष्ट्...


  • पेस्तोलसहित दुई युवक पक्राउ

    जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिका–५ बाट स्वचालित पेस्तोलसहित दुई युवकलाई पक्राउ परेका छन्। पक्राउपर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेको प्रहरीले जनाएको छ। दिपेशले पेस्तोल पड्काउँदै हिँडेको सूचनाका आधारमा जाँदा आ...


  • विमल हत्या आरोपमा दुईजना पक्राउ

    इलाम : सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घलेको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले हत्या आरोपमा गोगनेकै २८ वर्षीय समुन घले र भारतको दार्जिलिङ बिजनबारीका २९ वर्षीय विजय घलेलाई पक्राउ गरेका हो। सुमन र विजयले गत आइतबार राति १० बजे मादक ...


  • २० करोड घुस विवाद : प्रसाईंविरुद्ध गिरी पुगे अदालत

    काठमाडौं : २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर गरेका छन्। न्यायका लागि गिरीले दुर्गाप्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, ...


  • कृषि विकास बैंकका तत्कालीन शाखा प्रबन्धक ढुंगेलसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले न्यूरोड शाखाकी कर्मचारी दिपीका रेग्मीसमेतले बैंकको ४ करोड, ४२ लाख ७३ हजार ६ सय ११ रुपैया ...


  • घरेलुका कम्प्युटर अपरेटर सिंहसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं : घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध मंगलबार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उद्योग दर्ता गर्न सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएका सिंहविरुद्ध मुद्दा दर्ता गरिएको अख्यिार दुर...


  • विष खुवाई दुई नाबालक छोरा मार्ने आमालाई जन्मकैदको फैसला

    दैलेख : आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एकजना महिलालाई जन्मकैदको फैसला सुनाएको छ। ७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेको कसुरमा जिल्लाको महावु गाउँपालिका ...


  • ब्राउन सुगरसहित कैलालीबाट तीनजना पक्राउ

    डडेल्धुरा : कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० घर भई वडा नं. ८ को बुद्दचोकमा डेरा गरी बस्ने २० वर्षीय उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी रहेका छन्। धनगढी उपमहानगरपालीका–८ ...


  • पैसा कमाउन अरूको इज्जतमाथि खेलवाड, भागेर दिल्ली हुँदै कश्‍मीरसम्म

    काठमाडौंः  प्रहरीले सार्वजनिक बसमा युवतीका टाउकोमा हस्तमैथुन गर्ने र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने रविन सार्की भनिने रविन रुचाललाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले सोमबार चितवनको भरतपुर, विकास चोकबाट रुचाललाई पक्राउ गरेक...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]