अर्थ

साताको शेयर बजार : एक अर्ब ८५ करोडको कारोवार
SHARES

File Photo
माघ ५, २०७५

    काठमाडौं : धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन्। 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ। साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो। 

    साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ बिन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा कायम रह्यो। उक्त दिन कूल १५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर रु ३७ करोड २९ लाख १५ हजार ७०६ मूल्यमा खरीद बिक्री भए। 

    यस्तै गत सोमबार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ बिन्दुले बढेर एक हजार १८६ दशमलव ८० बिन्दुमा पुग्यो। उक्त दिन कुल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरीद बिक्री भएका छन्। 

    यस्तै साताको तेस्रो दिन शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भयो । कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ बिन्दुले बढेर एक हजार १९५ दशमलव ५४ बिन्दुमा पुग्दा कुल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेयर रु ३९ करोड ७३ लाख ५५ हजार ५४० मा खरीद बिक्री भए । 

    यस्तै बुधबार नेप्से परिसूचक सात दशमलव ५७ बिन्दुले घटेर एक हजार १८७ दशमलव ९७ बिन्दुमा झर्‍यो। कुल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड छ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भए। 

    यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव दुई बिन्दुले घटेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा सीमित भयो। कुल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर रु २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]