स्वास्थ्य

डा. केसीलाई आवासीय चिकित्सकको साथ, हातमा कालोपट्टी बाँधेर काममा
SHARES

माघ ६, २०७५

    काठमाडौं : आवासिय चिकित्सकको संस्था नेशनल रेसिडेन्ट डाक्टर्स एशोसिएसन १२ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको माग यथाशिर्घ पूरा गर्न सरकारसमक्ष आग्रह गरेको छ। समयमा नै डा केसीको माग सम्बोधन नभए संघ कडा आन्दोलनसहित अगाडि आउने चेतावनीसमेत  दिएको छ।

    केसी अनशनको १२ औ दिन संघका अध्यक्ष डा. सुमित पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनद्वारा संयुक्त रूपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आइतबारदेखि सरकारको निर्मम लापरवाही कदमको विरोधस्वरूप कालोपट्टी बाँधेर काम गरिने र चाढै माग सम्बोधन नभए आफूहरू कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएको छ।

     त्यसैगरी उनीहरूले त्रिवि शिक्षण अस्पताल परिसमा डाकेसीको समर्थनमा प्रदर्शन गर्ने घोषणासमेत गरेका छन्। संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'प्रतिबद्धता भएर पनि कुनै पनि ठोस कार्य नभएको अवस्थामा फेरि पनि सरकारले सीमित मानिसको स्वर्थ पूरा हुने हेतुले विज्ञले दिएको सुझाबविपरीत नयाँ विधेयक ल्याउन खोजेको एनआरडिएको ठहर छ।'

    हाल शिक्षण अस्पतालमा करीब २०० आवासीय चिकित्सकहरूले काम गर्दै आएका छन्।

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]