विश्व

मोदीका तर्फबाट राहुल गान्धीले मागे माफी
SHARES

चैत २, २०७५

    भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले जिएसटीमा भएको घाटाप्रति माफी मागेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्यंग्य प्रहारगर्दै उनले माफी मागेका हुन्।

    भारतको उत्तराखण्डको राजधानी देहेरादुनमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष गान्धीले राफेल डिल, जिएसटीका साथै किसान सम्मान निधी योजनामा प्रधानमन्त्रीमाथि ब्यंग्य प्रहार गरेका छन्। जिएसटीको कारोबारमा घाटा भएको जिकिर गर्दै गान्धीले मोदीले गरेको भयंकर गल्तीमा माफी मागेका हुन्। उनले जिएसटी कारोबारमा नोक्सान भएको जिकिर गर्दै गब्बर सिंह ट्याक्सलाई सच्चा जिएसटीमा परिणत गर्ने बतारे। यसमा साधारण राजश्व हुने उनको भनाइ छ।

    उनले भने, 'जिएसटीमा जनु नोक्सान भएको छ। जुन कष्ट भएको छ। त्यसको लागि प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट मैले माफी माग्छु। उहाँले भयंकर गल्ती गर्नु भएको छ। यो गल्तीलाई हामीले सच्चाउछौँ'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]