समाज

बैतडीमा एक प्रहरी एक विरुवा अभियान

असार १५, २०७६

    बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ।

    अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्रहरीले सरकारी कार्यालय, सार्वजनिक स्थान र खाली रहेका क्षेत्रमा फलफूल तथा जडीबुटीका बिरुवा रोपेका हुन्। जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५० प्रहरी र अन्य प्रहरी युनिटमा १५० गरी उक्त सङ्ख्यामा बिरुवा रोपिएको हो। 

    वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्नेदेखि वातावरणीय सन्तुलन बिग्रेकाले वृक्षरोपण गर्न आवश्यक भएकाले बिरुवा उक्त अभियान सञ्चालन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। ‘प्रहरीले मात्र होइन, सबैले एकएक बिरुवा रोपेर हुर्काउन सके पर्यावरण स्वच्छ राख्न सहयोग पुग्नेछ,’ उनले भने, ‘यो अभियान मात्र हो, सबै नागरिक जागरुक भएर वृक्षरोपणमा सहभागी भए वातावरणलाई सफा, स्वच्छ, निर्मल राख्नुका साथै भावी पुस्ताका लागि सम्पत्ति बन्नेछ।’

    पाण्डेयले प्रहरी र समुदाय मिलेर मात्र समुन्नत समाजको निर्माण हुने भएकाले सबैसँग हातेमालो गर्दै सामाजिक जिम्मेवारी निर्वाह गर्ने बताए। प्रहरीले शान्ति सुरक्षासँगै समाजको वृहत्तर हितका लागि अन्य सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ। प्रहरीलाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो।  

    प्रहरीले चलाएको ‘एक प्रहरी, एक बिरुवा’ अभियानलाई जिल्लाका सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले पनि साथ दिन सके उदाहरणीय काम हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बिरुवाको महत्त्व सर्वसाधारणलाई बुझाउन सके वन विनाश रोकिनुका साथै जलवायु परिवर्तनको असरलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]