मनोरञ्जन

१६ वर्षीया चर्चित भारतीय टिकटक स्टारले गरिन् आत्महत्या

असार १२, २०७७

    एजेन्सी : १६ वर्षीया भारतीय टिकटक स्टार सिया कक्करले बिहीबार आत्महत्या गरेकी छिन्। भारतिय अभिनेता सुशान्त सिंह राजपुतले गरेको आत्महत्या सेलाउन नपाउँदै उनले आत्महत्या गरेकी हुन्।

    सामाजिक संजालमा सक्रिय रहने  सियाको आत्महत्याको कारण भने खुलेको छैन। उनको आत्महत्यामाथि प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले  जनाएका छन्।

    प्रहरीले उनले प्रयोग गर्ने  मोवाइल बरामद गरेपनि लक खोल्न सकेको छैन। मोबाइलको लक खोले पश्चात् मृत्युको कारण पत्ता लाग्न सक्ने प्रहरी अधिकारीले जनाएका छन्।  

    सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्। दिल्लीमा बस्दै आएकी सियाको इन्स्टाग्राममा १ लाख ९६ हजार फ्यान फलोअर्स रहेका छन् भने टिकटकमा भने १७ लाखले उनलाई पच्छाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]