राजनीति

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, केहीलाई गोली लाग्यो

असार १५, २०७७

    काठमाडौं : सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर केही घाइते भएका छन्। झडपमा २० जना घाइते भएको र घाइते मध्ये केहीलाई गोलीको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    त्यहाँ स्थित रामनगरका नेकपा कार्यकर्ता ६० वर्षका रामजल राय यादवको एक साता अघि मृत्यु भएको थियो। रायको मृत्यु नभई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप नेकपाका नेता कार्यकर्ताको आरोप छ। 

    ‘दुई पार्टीका नेता कार्यकर्ताबीच झडप चाहिँ प्रदर्शनको क्रममा भएको हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा एसपी विश्वमणि सुवेदीले भने, ‘केही घाइते छन उनीहरू मध्ये केहीलाई गोलीको छर्रा लागेको छ। तर, चिन्ताजनक अवस्था कसैको छैन।’ 

    गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ।   उनका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ। मृतक रामजलको शव जिल्ला अस्पताल  सर्लाहीको शव गृहमा राखिएको छ। नेकपाले हत्यारा पक्राउ नगरेसम्म शव नउठाउने बताउँदै आएको  प्रहरीले  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]