राजनीति

देउवालाई विद्यार्थीले भने : नेविसंघलाई १० जनामा सीमित गर्न पाइँदैन

असार १६, २०७७

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरुले संघलाई १० जनामा सीमित गरेर पार्टी सभापति शेरबहादुर देउवा मौन रहेको आरोप लगाएका छन्।  

    राजीव ढुंगाना नेतृत्वको तदर्थ समितिले गठन भएको समयबाट ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने भएपनि अहिलेसम्म समिति विस्तारसमेत गर्न नसकेको भन्दै विद्यार्थीहरुले आज पार्टी केन्द्रीय कार्यालयमै विरोध जनाएका हुन्। 

    देउवाले गत माघमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी ढुंगानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेका थिए।  

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थीहरुले देउवालाई ‘नेवि संघलाई १० जनामा मात्रै सिमित गर्न पाइँदैन’ भनेर लेखेको प्लेकार्ड देखाउँदै ध्यानाकर्षण गराएका थिए। राजीव ढुंगानाले यो बीचमा महाधिवेशनको मिति तोक्न र कार्यसमितिलाई पूर्णता दिन सकेनन्।  

    आज मंगलबार सानेपा पुगेका सभापति देउवालाई विद्यार्थीहरुले तदर्थ समितिको म्याद पनि सकिन लागेको बेला किन मौन भन्दै प्रश्न गरेका हुन।  पार्टीको केन्द्रीय महाधिवेशन २०७७ फागुन ७ मै गर्ने र तल्लो तहको भने तालिका हेरफेरका लागि छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठकमा जुटेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]