समाज

बाराबाट छिरेको सलहको समूह काठमाडौँमा आइपुग्यो

पाँच लाखको संख्यामा रहेको अनुमान

सलहको सिकार गर्दै एउटा काग। तस्बिर : भुषण सुवाल
असार १६, २०७७

    काठमाडौं : शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ। सलहको ठूलो हुल काठमाडौँका विभिन्‍न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो। कृषिविदहरुका अनुसार बाराबाट सिन्धुली हुँदै काभ्रे छिरेको सलहको समूह काठमाडौं पसेको हो। 
     

    करिब पाँच-सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भूमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ। एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले बताए। सलहको यो हुल रातभर बास बसेर पश्‍चिमतिर जाने अनुमान गरिएको छ।
     
    सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोक तिरबाट आएको देखिन्छ। काठमाडौँमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्‍न सकिने उनले बताए।
     
    मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रो प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ।
     
    प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पुर्‍याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]