समाज

पत्रकार महासंघले भन्याे : भारतीय मिडियाले 'पीत पत्रकारिता' गर्‍याे

असार २५, २०७७

    काठमाडाैं : नेपालबारे भारतीय मिडियाले प्रसारण गरेको सामग्री ‘पीत पत्रकारिता’को नमुना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। 

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे भारतीय सञ्चारमाध्यम जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेको महासंघले बताएको छ। साथै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। 

    भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको महासंघले बताएको छ। जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ।

    प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा आएका आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]