कोभिड-१९ {अपडेट}

'कोरोनाको जोखिम अझै घटेको छैन सतर्क रहौँ'

असार २६, २०७७

    काठमाडौं : सरकारले केही दिन यता कोरोना भाइरस (कोभिड १९) को संक्रमित घट्दै गएपनि जोखिम भने नघटेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफीङमा प्रवक्ता डा जागेश्वर गौतमले अझै पनि नेपालमा कोरोनाको जोखिम अझै रहेको बताए।

    उनले केहिदिन यता कोरोना संक्रमित संख्या घटिरहेको छ र सार्वजनिक स्थलहरुमा भिडभाड बढेको सीमाहरूमा मानिसको आवात–जावत बढ्नुका साथै अन्य स्थानहरुमा पनि मानिसको चहलपहल बढेको भए पनि अझै कोरोनाको जोखिम नहटेको हुँदा सचेत रहन आग्रह गरे।

    उनले भने  ‘पछिल्लो समय क्वारेन्टाइन र आइसोलेसनमा रहेका बिरामीको संख्या घटेको छ जसले गर्दा मानिसमा संक्रमण घटेको अनुभव भएर होला चहलपहल बढेको छ तर,संक्रमणको जोखिम घटेको छैन यो त नियन्त्रणको लागि अवलम्बन गरेको उपायका कारण घटेको हो।’

    सिमाना वारपार गर्नमा स–सना टेम्पु र गाडी चलेको भन्दै थप कोरोना जोखिम थपिन सक्ने भन्दै चिन्ता व्यक्त गरे।   कोरोना नियन्त्रयणको उपायहरु अवलम्बन गर्न डा. गौतमले सबैलाई अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]