समाज

बाढीले रघुगंगाको बेलिब्रिज बगायो, बेनी-जोमसोम सडक अवरुद्ध

असार २६, २०७७

    पर्वत : लगातारको वर्षापछि उर्लिएर आएको नदीले बेलिब्रिज नै बगाएपछि हिमाल पारीको जिल्ला जाने एक मात्र बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।

    बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण रघुगंगा नदीमा आएको बाढीले शुक्रबार बिहान म्याग्दीको राहुघाटस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज बगाएको हो।

    म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका-३ राहुघाट जोड्ने गरी बनेको मोटरेबल पुल बगाएपछि रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकासहित मुस्ताङ जिल्ला पुग्ने सडक मार्ग बन्द भएको हो। नदीकटान बढेपछि आसपास क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

    कोरोना जोखिमका कारण आन्तरिक हवाई उडान बन्द रहेको र बाढीले पुल नै बगाएपछि आवागमनमा समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]