समाज

पहिरोले घर परिँदा रुकुमपश्चिममा आमाछोराको मृत्यु, छोरी घाइते

असार २६, २०७७

    रुकुम पश्चिम : आठबिसकोट नगरपालिकामा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

    शुक्रबार बिहान आएको पहिरोले आठबिसकोट–३ स्थित रेजेखोलाका तुलबहादुर दमाईको घर पुरेको हो। घरमा पुरिँदा तुलबहादुरकी श्रीमती २८ वर्षीया सीता र ६ वर्षीय छोरा हाविलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रमुख ठगबहादुर केसीले जानकारी दिए। 

    दुईजनाको शव  घरभित्र पुरिएको अवस्थामा निकालिएको केसीले बताए। घरमै पुरिएकी आठ वर्षीया हिरालाई भने घाइते अवस्था उद्धारगरिएको छ। तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर रहेका कारण पहिरोबाट जोगिएका छन्। 

मेगराज खड्का

खड्का थाहा खबरका रुकुम समाचारदाता हुन्। इमेल : sancharkarmi.megraj@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]