स्वास्थ्य

धमाधम देखिन थाले लक्षणसहितका संक्रमित, आइसियुमा पनि चाप बढ्याे

आइसियुमा राखिएका संक्रमितकाे संख्या २२ पुग्याे

फाइल फोटो
साउन १६, २०७७

    काठमाडौं :  कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ। संक्रमितको बढेसँगै लक्षणसहितको संक्रमित बढन थालेको छन्। मुलुकभर सुरुवातीको दिनमा देखिएका संक्रमितमा कोरोनाको लक्षण नदेखिए पनि पछिल्लो केही दिनयता संक्रमितमा ज्वरो,रुघाखोकी र थकानको महसुस हुने लक्षण देखिन थालेको हो।

    लक्षण देखिन थालेपछि अस्पतालको भेन्टिलेटर र आइसियुमा राखी उपचार हुन थालेको छ। अस्पतालमा भर्ना भएका संक्रमित बिरामी गम्भीर हुँदै जान थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मुलुकभरको विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको आइसियुमा राखी उपचार भइरहेको छ।

    धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिएको छ। वीरगन्जको नारायणी अस्पतालमा ६ जनालाई आइसियुमा राखी उपचार हुँदैछ। १ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका दुई जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। १ जनाको अवस्था गम्भीर र अर्काको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र प्रसाद खनालले बताए। उनका अनुसार जेनरल आइसोलेसनमा ४ जनाको उपचार भइरहेको छ।

    त्रिवि शिक्षण अस्पतालमा एक संक्रमितको आइसियुमा उपचार भइरहेको अस्पताल प्रशासनका प्रमुख माधव प्रसाद घिमिरेले बताए। कोरोना परीक्षण गरे पनि बिरामीलाई अस्पतालमा भर्ना गरिँदैनन्। उपचाररत बिरामी कसैलाई कोरोना देखिएमा अस्पतालले उपचार गरिने उनले जानकारी दिए। 

    जनकपुर प्रादेशिक अस्पतालमा २ जना संक्रमित आइसियुमा उपचाररत रहेका अस्पतालले जानकारी दिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जनालाई आइसियुमा राखी उपचार गरिरहेको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले बताए। उनका अनुसार १ जनाको अवस्था गम्भीर रहेको थियो। अहिले भने सामान्य भइरहेको राजभण्डारीले जानकारी दिए।

    ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनालाई आइसियुमा राखी उपचार गरिरहेको निर्देशक विष्णु प्रसाद शर्मा बताउँछन्। उनले भने,' भेन्टिलेटरमा राखी उपचार गरिरहेको महिलाको आज मृत्यु भएको छ।'

    आइसियु र भेन्टिलेटरको बेड संख्या थप्ने तयारीमा सरकार

    सरकारले देशभरको कोभिड उपचार अस्पतालमा आइसियुको बेड भेन्टिलेटर थप्ने तयारी गरिहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समीर कुमार अधिकारी बताउँछन्। सुरुवाती दिनमा भन्दा अहिले देशभरका अस्पतालमा आइसियुको बेड थप्दै लगिरहेको उनले बताए।

    उनका अनुसार कोभिड संक्रमितलाई उपचार गर्नलाई १ हजार ७ सय २ आइसियु छन्। भेन्टिलेटर संख्या ९ सय रहेको उनले जानकारी दिए। लकडाउन गर्दाको अवस्थामा १ हजार ५ सय ५१ आइसियु बेड र ७ सय ७० भेन्टिलेटरको संख्या रहेको सहप्रवक्ता अधिकारीले बताए।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]