स्वास्थ्य

उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राख्‍ने तयारी

साउन १७, २०७७

    काठमाडौं : उत्यकाबाहिरबाट आउने धेरैजसोमा कोरोना भाइरस (कोभिड-१९)  देखिन थालेपछि  सरकारले काठमाडौं  उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ।

     उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको हो।

    मन्त्रालयका अनुसार काठमाडौंको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ। हाल यी नाकामा कोरोना स्क्रिन मात्रै हुँदै आएको र अब हेल्‍थ डेस्क नै राख्ने तयारी भएको मन्त्रालयलका सह प्रवक्ता डा समीर अधिकारीले बताए। उनले भने, ‘अब जोखिम कम गर्न तीनवटै नाकामा हेल्थ डेस्‍क राख्ने तयारी भएको छ।'

    नाका स्थापना गरिसकेपछि यात्रुको सामान्य स्वास्थ्य जाँच गर्ने र कोरोना शंकास्पद तथा लक्षण देखिएकाहरुलाई छुट्टै राखेर आइसोलेसनमा पठाउनेसम्मको योजना बनाइएको छ।

    अहिलेसम्म ती नाकामा बस्ने सुरक्षाकर्मीहरुले यात्रुहरुको पास विवरण हेरेर उपत्यका छिर्न दिने वा नदिने निर्णय लिने गरेको छ। यसै साता स्वास्थ्य मन्त्रालयले नाका काठमाडौं छिर्न लागेका १० हजार बढीको पिसिआर नमुना लिई जाँच गरेको थियो। त्यसमा तीन दर्जन बढीको कोरोना भाइरस पोजेटिभ आएको अधिकारीहरू बताँउछन्

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : sabinakhanal32@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]