समाज

लमजुङमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्विर
साउन २०, २०७७

    लमजुङ : लमजुङमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

    सुन्दरबजार नगरपालिका स्थित कृषि क्याम्पस आडमा रहेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर सुन्दरबजार ६, पुरानोडिहीका १३ वर्षीय अविनाश विकको ज्यान गएको प्रहरीले जनाएको छ। 

    लेदोसहितको २ फिट पानी जमेको माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएका बालकको उद्धार गरी उपचारका लागि कर्मदा हस्पिटल पुर्याइएको थियो।  उनको पोष्टमार्टमका लागि शव जिल्ला सामुदायिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख एवम् प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]