समाज

डेढ वर्षीय बालकलाई आँगनबाटै लग्यो चितुवाले

साउन २२, २०७७

    तनहुँ : आँगनमा खेल्दै गरेका डेढ वर्षीय बालक बालकको चितुवाको आक्रमणमा परी ज्यान गएको छ। शुक्लागण्डकी–२ मसारका स्थानीय विष्णुबहादुर रानाका छोरा नारायणलाई बुधबार आँगनबाटै चितुवाले लगेको हो।  

    इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार बुधाबार मध्यरातमा उनको हात र टाउको मात्र भेटिएको छ। ती दुवै अंग घरबाट झण्डै दुई किलोमिटर पर जङ्गल नजिकै भेटिएको उनले बताए। 

    झिसमिसे साँझमा आक्रमण भएको स्थानीयको भनाइ छ। यसअघि पनि शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बाल बालिकाको ज्यान गइसकेको छ। पछिल्लो दुई वर्षको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]