समाज

क्‍वारेन्टाइनमै युवतीले आत्महत्या गरेपछि स्थानीयद्वारा स्वास्थ्यकर्मी र प्रहरीमाथि आक्रमण

साउन २३, २०७७

    काभ्रे : काभ्रेमा क्वारेन्टाइनमा रहेकी एक युवतीले आत्महत्या गरेकी छन्। शुक्रबार जिल्लाको बेथानचोक गाउँपालिका–४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा बसिरहेकी २१ वर्षकी युवतीले क्वारेन्टाइनमै झुन्डिएर आत्महत्या गरेकी हुन्। 

    काभ्रेका एसपी रवीकुमार पौडेलका अनुसार उनी गत साउन १६ गते दुबईबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकी थिइन्। गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाइनमा उनी झुण्डिएको अवस्थामा फेला परेको हो।

    गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाइते 

    युवतीको मृत्यु भएसँगै क्वारेन्टाइन व्यवस्थापनको लापरबाहीले यस्तो घटना भएको बताउँदै उनका आफन्त तथा गाउँले प्रहरी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। उनीहरुले क्वारेन्टाइन भवनसँगै त्यहाँ खटिएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा गरेका हुन्। आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका हुन्। 

    आफन्त तथा गाउँलेको आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। अहिले प्रहरीले घटनास्थलको स्थिति नियन्त्रणमा लिने कोसिस गरिरहे पनि त्यहाँको अवस्था भने तनावपूर्ण रहेको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]