समाज

गोंगबुमा टाउको काटेर फालिएका व्यक्तिको पहिचान खुल्यो

साउन २६, २०७७

    काठमाडौं : गोंगबु नजिकै टाउको काटिएको अवस्थामा दुई दिनअघि फेला परेको शवको पहिचान भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार टाउको काटेर फालिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको हो। 

    टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो। 

    बोहोराको टाउको सुटकेश भन्दा केही पर फेला परेको थियो। सुटेकशमा शव भेटिए पनि टाउको खोज्‍न प्रहरीलाई कठिन भएको थियो। उक्त टाउको प्रहरीकै एउटा तालिमप्राप्त कुकुरले भेट्टाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]