कोभिड-१९ {अपडेट}

बुधबार देशभर थपिए ४ सय ८४ काेराेनाका नयाँ संक्रमित

साउन २८, २०७७

    काठमाडौं :  देशभर ४ सय ८४ काेराेना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। 

    साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र  १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। 

    हाल देशभरका १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसिरहेका छन्। देशभर ७ हजार ६ सय १३ संक्रमित रहेका गाैतमले जानकारी दिए। बुधबारसम्म १६ हजार ७ सय २८ जना डिस्चार्ज भएका उनले बताए।  

    मंगलबार देशभर ६ सय ३८ जनामा काेराेना पुष्टि भएकाे थियाे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]