कोभिड-१९ {अपडेट}

कोरोनाबारेमा सञ्‍चारमाध्यमले सही सूचना दिनू : स्वास्थ्य मन्त्रालय

साउन २८, २०७७

    काठमाडौं : सरकारले सञ्चारमाध्यमहरुले नागरिकलाई जनस्वास्थ्यको मापदण्डबारे सही सूचना दिनुपर्ने बताएको छ।

    सञ्चारमाध्यमले कोभिड-१९ महामारीको नियन्त्रण एवम रोकथाम नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानलाई सहयोग गर्न गरेको आग्रह गरेको छ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा  प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले भने,' काम गरेपछि साबुन पानीले मिचिमिची हात धुने जस्ता असल स्वास्थ्य बानी व्यवहारलाई निरन्तरता दिनलाई जनसमुदायलाई आग्रह गर्दछु।'

    कोभिड-१९ को महामारीको सन्दर्भमा ज्येष्ठ नागरिकहरुको सेवा प्रवाह सम्बन्धी मापदण्ड स्वीकृत गरेको गौतमले जानकारी दिए। यता २४ घण्टामा ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्।

    बुधबार, देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज काठमाडौंमा मात्र  १ सय ९ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना पुष्टि भएको गौतमले बताए। 

    हाल देशभरका १४ हजार ८ सय ४६ जना क्वारेन्टाइनमा बसिरहेका छन्। देशभर ७ हजार ६ सय १३ संक्रमित छन्। १६ हजार ७ सय २८ जना डिस्चार्ज भइसकेका छन्। मंगलबार देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]