समाज

पत्रकारको भीड बढेपछि सूचना विभागको प्रेस पास वितरण स्थगित

साउन २८, २०७७

    काठमाडौं : कोभिड-१९ को जोखिम बढ्दै गएपछि सूचना तथा प्रसारण विभागले पत्रकारहरूका लागि प्रेस पास वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार विभागले विद्युतीय माध्यमबाट मात्रै सेवा प्रवाह गर्ने जनाउँदै अर्को सूचना जारी नभएसम्मका लागि प्रेस पास वितरण रोक्ने निर्णय लिएको हो।
    'कोभिड-१९ को बढ्दो सम्भावित संक्रमणबाट जोगाउनका लागि नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णय नभएसम्मका लागि हाललाई नयाँ प्रेस प्रतिनिधि पास प्रमाणपत्र जारी, नवीकरण, अनलाइन सञ्चारमाध्यमतर्फ नयाँ, पुन:दर्ता, नवीकरण र प्रसारण तर्फको सेवा प्रवाह स्थगित गरिएको छ', विभागले भनेको छ, 'यसरी सेवा प्रवाह स्थगित गर्दा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभाग क्षमाप्रार्थी छ।'

    कोरोना संकट चुलिँदै गर्दा विभागमा प्रेस पास लिन तथा अन्य कामका लागि पत्रकारहरुको लाइन नै लाग्ने गरेको थियो। पत्रकारहरुको भीड बढेर सूचना विभागबाट कोरोना सर्ने जोखिम बढेको टिप्पणी भइरहेका बेला यस्तो निर्णय आएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]