समाज

करेन्ट लागेर महिलाको मृत्यु, कांग्रेसले नगरपालिका तोडफोड गर्‍याे

घटनालाई राजनीतीकरण गरिएकाे मेयरकाे आराेप

साउन २८, २०७७

    कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ मा क्वारेन्टाइनमा बसेका महिलाको करेन्ट लागेर मृत्यु भएको घटनालाई लिएर आन्दोलनमा उत्रिएका स्थानीयले नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। 

    करेन्ट लागेर मृत्यु भएका महिलाका परिवारलाई क्षतिपूर्ति माग गर्दै आन्दोलनकारीले नवनिर्मित कार्यालय भवनमा तोडफोड गरी क्षति पुर्‍याएका छन्।  भवनमा ढुंगा मुढा गरिँदा दुईतले भवनको झ्याल ढोकाको सिसा फुटेका छन्। 

    नगरपालिका कार्यालयको जेसिभी(ब्याक हो लोडर)को सिसा समेत फुटाइएको छ । नगरपालिका कार्यालयका अनुसार नगरपालिकाको बैठक कक्षसहित आधा दर्जन बढी कोठाका सिसा फुटाइएका छन्। 

    अहिले सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कार्यालयबाट हटाएको छ । नगर प्रमुख कर्ण बहादुर हमालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता हेमराज ओझाको नेतृत्वमा बिहानैदेखि आन्दोलन भएको हो। 

    कांग्रेस नेता ओझाले कार्यालयभित्र भाषण गरेको केही समयपछि कार्यालयमा तोडफोड गरिएको प्रत्यक्षदर्शीले बताएका छन्। नगरपालिकाको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनकारीले वडा नं ६ को कार्यालयमा समेत तालाबन्दी गरेका छन्। नगरपालिका कार्यालय पनि घेराउ गरी नवनिर्मित भवनमा समेत तालाबन्दी गरेका छन्। 

    नगर प्रमुख हमालले महिलाका परिवारलाई नगरपालिकाले सक्दो सहयोग गर्ने बताएका छन्। आन्दोलनरत पक्षसँग वार्ता र छलफलका माध्यमबाट समस्या समाधानका लागि पहलसमेत भइरहेको उनले बताए । घटनालाई राजनीतीकरण गरेर आन्दोलनको रुप दिई सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य स्वीकार्य नहुने उनको भनाइ छ। 

    कृष्णपुर नगरपालिका ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी राधा ओडको मंगलबार साँझ करेन्ट लागेको मृत्यु भएको थियो। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]