खेलकुद

बार्सिलाेनाका एक खेलाडीलाई काेराेना

साउन २८, २०७७

    एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले आफ्ना एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ। यद्यपि संक्रमित खेलाडी च्याम्पियन्स लिग खेल्ने टोलीमा नरहेको क्लबले जनाएको छ।

    बार्सिलोनाले च्याम्पियन्स लिग टोलीमा नपरेका ९ खेलाडीलाई हाल प्रिसिजन प्रशिक्षणका लागि बोलाएको थियो। तीमध्ये एक खेलाडीमा संक्रमण देखिएको हो। प्रिसिजन प्रशिक्षणका लागि मंगलबार ९ खेलाडीको पिसिआर परीक्षण गरिएको थियो जसमा एक खेलाडीलाई कोरोना संक्रमण देखिएको छ। उनलाई कोरोनाको कुनै लक्षण देखिएको छैन। स्वस्थ नै रहेका उनी हाल आफ्नै निवासमा क्वारेन्टिनमा छन्।’ विज्ञप्तिमा भनिएको छ।

    बार्सिलोनाले खेलाडीको सम्पर्कमा आएका सबैको पुन पीसीआर टेस्ट गर्ने जनाएको छ। च्याम्पियन्स लिग टोलीमा रहेको सबै खेलाडी हाल लिस्बन जान छुट्टै बसेकाले संक्रमणको डर नरहेको क्लबले जनाएको छ। 

    बार्सिलोना शुक्रबार हुने खेलका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ।यसअघि स्पेनिस टोली एट्लेटिको म्याड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको थियो। 

    सोमबार क्लबले विज्ञप्ति जारी गर्दै एन्जल कोरिया र सिमे भर्साल्कोमा कोरोना संक्रमण देखिएको जनाएको थियो। दुवै खेलाडीमा कुनै लक्षण नदेखिए पनि उनीहरु होम क्वारेन्टाइनमा रहेका छन्; जसका कारण उनीहरूले च्याम्पियन्स लिगको खेल गुमाउनेछन्।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]