समाज

मुगुमा जीप दुर्घटना एकजनाको मृत्यु, दश घाइते

साउन २९, २०७७

     मुगु :  मुगुमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन्।  

    बुधबार जिल्ला सदरमुकाम गमगढीबाट सोरु गाँउपालिका स्थित तारापानीतर्फ जादै गरेको बोलेरो जीप छायाँनाथ रारा नगरपालिका ३ निगाले गाउँ नजिकै दुर्घटना हुँदा गाडीमा सवार मध्ये एकजना यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

    क १ ज ३२ नम्बरको बोलेरो जीप सडक बाट अन्दाजी १०० मिटर तल खसेको र  गाडीमा रहेका चालकसहित १० जना घाइते भएको मुगु प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका वडा नं १३ रुगागाँउका १८ वर्षीय धर्म लावडको रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]