समाज

समाचार लेखेकै कारण प्रहरीले कुट्याे पत्रकार, मृतकका आफन्तसमेत घाइते

साउन ३०, २०७७

    काठमाडाैं : डाक्टरको लापरबाहीले महिलाले ज्यान गुमाएको भन्दै मृतकका आफन्तले शुक्रबार जनकपुरको नवजीवन अस्पतालमा डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गर्ने क्रममा प्रहरीले धरपकड गरेको छ। 

    त्यस क्रममा समाचार संकलन गर्न गएका थाहाखबरकर्मी सन्तोष यादवसहित पत्रकारलाई प्रहरीले कुटपिट गरेको छ। आफू पत्रकार भएको जानकारी दिएर परिचयपत्रसमेत देखाउँदा पनि प्रहरीले लाठी प्रहार गरेको उनले बताए। 

    ‘आज बिहान डाक्टरको लापरबाहीले महिलाको मृत्यु शीर्षकमा समाचार लेख्ने तैं हैनस् भन्दै प्रहरीले ममाथि पटक पटक लौरो प्रहार गर्‍यो,’ यादवले भने, ‘मलाई मात्र हैन, मेरो साथी सिवेन्द्र रोइतालाई पनि प्रहरीले पिट्यो।’ समाचार संकलन गर्न गएका पत्रकारको क्यामेरा समेत प्रहरीले खोसेको र त्यहाँ रहेको भिडियोसमेत प्रहरीले डिलिट गरिदिएको उनले बताए। 

    बिहीबार राति जनकपुरको नवजीवन अस्पतालमा ३५ वर्षीया रुकमणी सदाले ज्यान गुमाएकी थिइन्। मृत्युप्रति अस्पताल जिम्मेवार हुनुपर्ने र क्षतिपूर्तिसहित डाक्टरमाथि कारबाही गरिनुपर्ने मागसहित मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए। सोही क्रममा मृतकका आफन्तमाथि पनि प्रहरीले धरपकड गरेको र केहीलाई घाइतेसमेत बनाएको घटनास्थलबाट थाहाखबरकर्मी यादवले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]