कोभिड-१९ {अपडेट}

शनिबार पनि थपिए देशभर ४ सय ६८ काेराेना संक्रमित

साउन ३१, २०७७

    काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ। देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १ सय २४ जना डिस्चार्ज भएका छन्।

    देशभर शनिबार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्।  

    साथै संक्रमितको सम्पर्कमा आएकाले पाँच दिन नभई परीक्षण नगर्न पनि गौतमले बताए। संक्रमितको सम्पर्कमा आएको केही समयमै परीक्षण गर्दा वास्तविक रिजल्ट नआउने मन्त्रालयले बताएको छ।

    शनिबार देशभर ८१९३ संक्रिय संक्रमितको संख्या रहेका गाैतमले जानकारी दिए।  १४ हजार ४ ४८ जना क्वारेन्टाइनमा छन्। देशभर आइसियूमा ९८ जना छन् भने भेन्टिलेटरमा ४ जना रहेका गाैतमले जनाए। 

    संखुवासभा, मनाङ, मुस्ताङ, डाेल्पा र हुम्ला जिल्ला काेराेना संक्रमणमुक्त भइसकेका छन्। 

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]