समाज

प्रदेश १ मा असोज ५ बाट सार्वजनिक यातायात चल्ने

भदौ ३०, २०७७

    विराटनगर : प्रदेश १ का यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि यातायात साधान चलाउने भएका छन्। प्रदेश सरकारसँगको छलफलपछि यस्तो निर्णय भएको हो। 

    मुख्यमन्त्री शेरधन राई र पूर्वका यातायात व्यवसायीबीच स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो। संघीय सरकारले लामो दूरीका यातायात असोज १ गतेदेखि नै खुला गर्ने निर्णय गरिसकेको छ।

    मुख्यमन्त्री राईसँगको मंगलबार भर्चुअल छलफलमा यातायात व्यवसायीहरु असोज ५ गतेदेखि नै यातायात चलाउन सहमत भएका हुन्। लामो समयपछि यातायात सञ्चालनमा आउने भएपछि कसरी सुरक्षित र व्यवस्थित गर्ने भनेर छलफल भएको थियो। 

    भर्चुअल छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश संयोजक सरोज श्रेष्ठले प्रदेश सरकार र पूर्वका व्यवसायीबीच हो। ‘अबको चार दिन सम्पूर्ण स्वास्थ्य सुरक्षाको तयारी, मजदुरलाई सचेतना र गाडीलाई पनि थप मर्मत गरेर तयारी गर्छौं,’ व्यावसायी श्रेष्ठले भने, ‘असोज ५ गतेदेखि हाम्रा सवारी साधान पूर्वका सडकमा गुड्नेछन्।’ 

    उनले सवारी साधान चल्ने वातावरण प्रदेश सरकारले तयार गर्नुपर्ने बताउँदै अब फेरि गाडीलाई ग्यारेजमा थन्काउनुपर्ने अवस्था आउन नदिने पहल गर्नुपर्ने बताए।धरान, इटहरी, विराटनगर, काँकडभिट्टा, भोजपुर, कटारी, हिले, इलाम, खाँदबारीलगायत मुख्य स्टेसन क्षेत्रमा स्यानिटाइज गर्ने व्यवस्था गरिएको छ। 
    प्रदेश राजधानी विराटनगरमा हाल ३ सयको हाराहारीमा सवारी साधनको दैनिक आवागमन हुने गरेको छ। 

    विराटनगर बसपार्क व्यवस्थापन समितिले दिएको जानकारीअनुसार लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन ५० को संख्यामा रहेका छन् भने छोटा दूरीका सवारी साधन डेढ सयको हाराहारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]