|

काठमाडाैं : कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ।

काठमाडाैं उपत्यकामा कार्यरत बझाङका सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो। असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जानकारी दिएको छ। 

असोज ८ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु भएका सैनिकको संख्या २ पुगेको छ। हालसम्म २ हजार १ सय ९७ सैनिकमा कोरोना पुष्टि भएको र ६ सय ४१ जना कोरोनामुक्त भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.