साहित्य

चरी मर्‍यो सिसैको गोलीले... (व्यङ्ग्य)
SHARES

फागुन २७, २०७३

    एकाध साल अगाडिको कुरा हो, नेपाल प्रहरीले चरीको सिकार गर्‍यो। यो सिकारी खेलमा उसले त्यति धेरै आलोचना खेप्नुपरेन। एउटा राजनीतिक दलबाहेकका नेताले यो सिकारी खेलमा प्रहरीको प्रशंसा नै गरे। तर, एमालेको मेची-काली अभियानमा सप्तरीको घटनामा गरेको सिकार चैँ आलोचनाको उत्कर्षमा पुग्ने छाँट देखिँदै छ।

    मुस्कानसहितको प्रहरीको यो हर्कत कस्तो रहेछ, बुझ्न चरी घटनाको यो संवादले पनि सघाउँछ। मुस्कानसहितको प्रहरीको अभियान त्यसबखत कस्तो थियो? त्यसपछि मात्र मुस्कानसहितको प्रहरी हो कि होइन, पत्ता लाग्छ।

    स्थान : अपराध अनुसन्धान महाशाखा, नेपाल प्रहरी

    तिथिमिति : कालो साउन अलिच्छिनी २१ गते बुधबार, ७१ साल

    एकाबिहानै एसएसपी पुष्कर कार्कीले एक प्लाटुन पुलिस केटाहरूलाई अपराध अनुसन्धान महाशाखा परिसरमा फालिम लगाए। पुलिस केटाहरू हस्याँङफस्याङ गर्दै फालिम लागे। फालिम लागेका मात्रै थिए, उनले पुलिसी आदेश छाँटे, 'ए केटा हो, जाओ आज रमाइलो गर। यो काठामाण्डु खाल्डोमा कति धपेडी गर्छौ? यसो थानकोट, भीमढुङ्गातिर गएर मन बहलाएर आओ।'

    सिकार ढल्यो। तर, पुलिसलाई सिकार के हो भन्ने थाहै भएन। पुलिसको काम ढाल्ने हो, गन्ने, चिन्ने नै होइन भनेजस्तो। त्यतैबाट कतै गैरहेको बटुवाले यसो ओल्टाइपल्टाई हेरेर भन्यो, 'पुलिस भाइ हो, यो त चरी हो।' पुलिसलाई चाहिएकै के थियो, कमाण्डरले फुर्तीसाथ साबलाई सञ्चार सेटबाट जाहेर गर्यो, 'किलो सेरा वान, डेल्टा टु, किलो रोजर आज भीमढुङ्गामा 'चरी'को सिकार गर्‍यौँ साब!'

    केटाहरूले जिउ तन्काउँदै एकै सास एकै साथ ठूलो स्वर गुन्जाए, 'हस् साब! जै नेपाल साब!'

    कार्कीले फेरि थपे, 'आज मेरो बर्थ डे हो, त्यसैले तिमेर्लाई छुट्टी। तर मेरो बर्थ डेमा उपहार ल्याउनुपर्छ, यो चैँ सर्त हो। तिमेर्ले बुझ्ने कुरा।'

    केटाहर्ले फेरि एकै स्वरमा भने, 'हस् साब्! जै नेपाल साब्!'

    एसएसपी कार्कीले फेरि थपे, 'के ल्याउँछौ त केटा हो बर्थ डे उपहार?'

    'सिकार साब्!', सामुहिक स्वरमा केटाहरूले स्वर गुन्जाए।

    कार्कीले अन्तिम आदेश दिए, 'स्याबास, ठीक छ। तितरबितर।'

    केटाहरू तितरबितर हुन बन्दोबस्तीको समान कुम्लो कुटुरो कस्न थाले। स्याल मार्न बाघको खजाना बोके झैँ दर्जाअनुसार पिस्तोल, इन्सास राइफल, एसएलआर, थ्री नट थ्री राइफल बोके।

    भदौमा राँगो फुकाएजस्तै भएको थियो, यो सोच्दै न सोचेको छुट्टी। रामरमिता गर्दै कलङ्कीको बाटो तेर्सिए। शोक सुर्ता भोक भकारी केही थिएन।

    यत्तिकैमा भीमढुङ्गातर्फ 'गर्नु गरेउ बलराम भैँसी पालेर...' बोलको दोहोरी गीत गाउँदै के अगाडि बढेका थिए, एउटा पल्सर बाइक हावासरि बत्तासिँदै कुद्धै थियो। आखिर पुलिस न हुन्, तिनको अन्तरआत्मामा रहेको पुलिसी मनोविज्ञान जागृत भयो। यस्तो बेला पुलिसले छुट्टीसुट्ठी बिर्सिनु स्वाभाविकै हुन्थ्यो।

    सँगै गएको कमाण्डरले पुलिसी रवाफमा आदेश दियो, 'रोक, त्यो बत्तासिने भालेमुङ्ग्रोलाई।'

    अर्को पुलिसले सिट्ठी फुक्यो, तर बाइक झनै बत्तासिँदै दौडियो।

    कमाण्डरले अर्को आदेश दियो, 'के हेरिराख्छस्, … हो, ठोक न तेरो बाजेलाई- भटटट…!'

    कमाण्डरको आदेश तामेल गर्न सबै तम्सिँदै थिए। कमाण्डरले अर्को फरमान जारी गरे, 'साबको बर्थ डेलाई यही सिकार उपहार चढाउनुपर्छ।'

    पुलिसले तैँछाड मैछाड गर्दै दागे, 'भटट रटट…!'

    सिकार ढल्यो। तर, पुलिसलाई सिकार के हो भन्ने थाहै भएन। पुलिसको काम ढाल्ने हो, गन्ने, चिन्ने नै होइन भनेजस्तो।

    त्यतैबाट कतै गैरहेको बटुवाले यसो ओल्टाइपल्टाई हेरेर भन्यो, 'पुलिस भाइ हो, यो त चरी हो।'

    पुलिसलाई चाहिएकै के थियो, कमाण्डरले फुर्तीसाथ साबलाई  सञ्चार सेटबाट जाहेर गर्यो, 'किलो सेरा वान, डेल्टा टु, किलो रोजर आज भीमढुङ्गामा 'चरी'को सिकार गर्‍यौँ साब!'

    'थुक्क मु...! कुनै ठूलो सिकार गर्‍यो होला भनेको त चराको पनि पोथी पो मारेछ!', उताबाट नराम्रोसँग साब गर्जियो।

    यता कमाण्डर प्रष्टीकरण दिन थाल्यो, 'हैन साब, ६० किलो माथिकै छ।'

    'कसैलाई थाहै नदिई ले'र आइज, नेपाल प्रहरीको बेइज्जत हुन्छ। चराको पनि पोथी मार्ने भनीकन मिडियाले समाचार बनाएर हाम्रो हुर्मत लिन्छन्, बेइज्जत गर्छन्, जोकर बनाउँछन', साबले आदेश दियो।

    कमाण्डरले तन्किँदै भन्यो, 'हुन्छ साब! जै नेपाल साब!'

    हतारहतार सिकारलाई कुम्लोमा बाँधे र एकै छिनमा पुलिस क्लबमा पुर्‍याए। पुलिसले तहकिकात गरे। चरीकै सिकार गरेको प्रमाणित भयो। भीमकाय चरीको सिकार गर्ने केटाहरूलाइ साबले स्याबासी दिए। साबले बर्थ डे कक्टेल पार्टीको फ्लोर खुला गरे।

    यता मनोरञ्जन सुरु भयो। नेपथ्यबाट गीत बज्न थाल्यो, 'चरी मर्‍यो सिसैको गोलीले...।

    आधारातसम्म चलेको त्यो कक्टेल पार्टीमा चरीसम्बन्धी क्रमश: गीतहरू घन्किँदै गए। 'चरी उड्यो बादल छुनलाइ...।' 'चरीले त छाडेर गै गयो...।' 'चरीको घर गुँडैमा भए...।' 'चरी भरर, झ्यालैमा बसेर रुन्छु धरर...।' 

भवानी बराल

धरान निवासी लेखक बराल समसायिक राजनीतिकसँगै आदिवासी-जनजाति तथा इतिहास र सांस्कृतिक क्षेत्रमा कलम चलाउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]