SHARES
कुन जिल्लामा कुन चरणमा निर्वाचन ? #Infographics
 थाहा संवाददाता  मंसिर १८, २०७४
SHARES

काठमाडौं : नयाँ थपिएका दुईसहित ७७ मध्ये ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएको छ। बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ। पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको थियो। दोस्रो चरणमा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा निर्वाचन हुँदैछ।