मनोरञ्जन

विष्णुहरिको 'हुलाकी' सार्वजनिक, भिडियो
SHARES

कात्तिक १६, २०७५

    काठमाडौं : अस्ट्रेलिया निवासी गायक विष्णुहरि पौडेलले नयाँ गीत 'हुलाकी' सार्वजनिक गरेका छन्। अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि संगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाई गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ।

    करिश्मा ढकाल र सुमन देवकोटाको अभिनय रहेको गीतको म्युजिक भिडियोमा हुलाकीले आफ्नो देश, आफन्तजन र विशेषगरी मायालुको यादरूपी चिनो ल्याए पनि आफू भने विदेशी भूमिमा मेहनत र परिश्रम गर्दै गर्दा कतिपय कुराहरू भावनाभित्र मात्रै सीमित रहेको र चराले आफ्नो गुड सम्झेर सधैँ फर्किने मात्रै बारेमा सोचेको तथ्यलाइ बिम्बात्मक रुपमा गीतको माध्यमबाट उजागर गर्न खोजिएको छ।

    खासगरि चाडपर्वका बेलामा आफ्नो घर परिवारजनबाट टाढिएको परिवेशलाइ मार्मिक रूपमा प्रस्तुत गर्न खोजिएको यो गीत धेरैभन्दा धेरै नेपालीहरूको विद्यमान प्रवासीपनसँग मेल खाने र सबैको मन मस्तिस्कमा रहने यस गीतका सर्जक भण्डारीले बताए। विगत १६ वर्षदेखि गीत संगीतमा लागी परेका किरणले यसअघि पनि समसामयीक गीतहरू युट्युबमार्फत् सार्वजनिक गरिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]