खेलकुद

न्युजिल्यान्डविरुद्धको सिरिजमा पाकिस्तानको 'क्लिन स्वीप'
SHARES

कात्तिक १९, २०७५

    पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको पाकिस्तानले अस्ट्रेलियापछि न्युजिल्यान्डविरुद्ध पनि प्रभावशाली जित निकालेको छ। एकपछि अर्को छलाङ मार्दै आएको पाकिस्तान पछिल्लो समय निकै बलियो देखिएको हो।

    आइतबार सम्पन्न अन्तिम तथा तेस्रो टी–२० खेलमा न्यूजील्यान्डलाई ४७ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिज 'क्लिन स्वीप' गरेको हो। केही दिनअघि मात्रै अष्ट्रेलियाविरुद्धको सिरिज क्लिन स्वीप गरेको पाकिस्तानका लागि यो अर्को ठूलो उपलब्धि हो। यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको न्युजिलन्ड १६.५ ओभरमा ११९ रनमा समेटियो।

    न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ६० रनको विस्फोटक ब्याटिङ गरे पनि आफ्नो टिमलाई जिताउन सकेनन्। उनले ३८ बलको सामाना गर्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, ग्लेन फिलिप्सले २६ रन बनाएपनि न्यूजिल्यान्डका लागि अन्य कुनै पनि ब्याट्सम्यान जम्न सकेनन्। 

    बलिङतर्फ पाकिस्तानका शादब खानले ३ विकेट लिए। त्यस्तै, इमाद वासिम र वाकस माक्सोदले समान २–२ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रनको विशाल स्कोर बनायो।

    पाकिस्तानका लागि बाबर अजामले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए। त्यस्तै, मोहम्मद हफिजले अविजित ५३ रन बनाएका थिए। यसअघिको पहिलो खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई २ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको जित निकालेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]