खेलकुद

प्रादेशिक तेक्वान्दोको उपाधि नवलपरासीका रोशन र गुल्मीकी पूजालाई
SHARES

कात्तिक १९, २०७५

    दाङ : घोराहीमा भएको प्रथम प्रादेशिक 'प्रोफेसनल आईटीएफ' तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन्।

    भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा शनिवार र आइतवार दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा पुरुषतर्फ रोशन आले र महिलातर्फ पूजा रसाइलीले उपाधि हात पारेका हुन्। प्रतियोगितामा सुमन मर्स्याङ्दी मगरलाई हराउँदै रोशनले प्रथम प्रादेशिक प्रोफेसनल आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि जितेका हुन्।

    उपाधि जितसँगै रोशनले नगद ३० हजारसहित ट्रफी, प्रमाण प्राप्त गरेका छन्। त्यस्तै प्रतियोगितामा राधिका चौधरीलाई हराउँदै पूजा प्रतियोगिताको उपाधि चुम्न सफल भइन्। उपाधिसँगै पूजाले नगद २० हजारसहित ट्रफी, प्रमाणपत्र हात पारेकी हुन्।

    त्यस्तै प्रतियोगितामा पुरुषतर्फ नवलपरासी जिल्लाकै सुमन मस्याङदीमगर दोस्रो र गुल्मी जिल्लाका विकल पौडेलले तेस्रो स्थान हात परेका थिए। प्रतियोगितामा दोस्रो र तेस्रो हुने खेलाडीहरूले नगद २० हजार र १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

    प्रतियोगितामा महिलातर्फ बाँके जिल्लाकी राधिका चौधरी दोस्रो र दाङ जिल्लाकी सञ्चिता पुन तेस्रो भए। दोस्रो र तेस्रो भएका महिलाहरूले नगद १३ हजार र सात हजारसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरेको नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघका प्रदेश उपाध्यक्ष बिक्रम बाढा मगरले बताए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]