छापा

नगरपालिका जान मानेनन् शिक्षाका उपसचिव
SHARES

कात्तिक २२, २०७५

    काठमाडौं : शिक्षा मन्त्रालयबाट नगरपालिकारूमा खटाइएका उपसचिव कार्यकक्षमा जान मानेका छैनन्। दशैँअघि १६६ उपसचिवको सरुवा भएको थियो।

    मन्त्रालयका अनुसार नगरपालिकाको शिक्षा शाखा प्रमुखमा सरुवा गरिएका उपसचिवले रमाना लिएर जान चासो नदेखाएका हुन्। कन्तिपुर दैनिक अगाडि लेख्छ, सरुवा गरिएकामध्ये केहीले मात्रै नगरपालिकामा जाने इच्छा देखाएका छन्।

    कुनै मापदण्ड तय नगरी जथाभावी सरुवा गरिएको भन्दै उनीहरूसहित कर्मचारी संघ संगठनले असन्तुष्टि जनाएका छन्। उनीहरूले शिक्षामन्त्री र सचिवलाई भेटेर सरुवाको निर्णय सच्याउन दबाब दिएका छन्।

    सरुवा भएको ठाउँमा जिम्मेवारी सम्हाल्न नजानेको संख्या बढी देखिएको एक सहसचिवले जनाए। खटाएको ठाउँमा नगएर उनीहरू साबिकको कार्यालयमा हाजिर भएर बसेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]