समाज

देउसी-भैलो खेल्न हिँडेको जिप पल्टिँदा २७ जना घाइते, पाँचको अवस्था गम्भीर
SHARES

कात्तिक २२, २०७५

    दाङ : दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको जिप पल्टिँदा २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प तुलसीपुरका प्रमुख तथा सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिए।

    घाइते हुनेहरूमा तुलसीपुर ७ निबासी १६ वर्षीया रमा एलसी, सोही ठाउँ निवासी विपना चौधरी, १४ वर्षीया रन्जीता भट्टराई, १८ वर्षीया सरस्वती भट्टराई, १७ वर्षीय पवन डाँगी, १६ वर्षीय सुरज अधिकारी, १७ वर्षीय कुसुम कवर, १८ वर्षीय कमल भुजेल, १८ वर्षीया गीता वली रहेका छन्।

    त्यस्तै १८ वर्षीया लक्ष्मी विक, १७ वर्षीया भावना वली, १८ वर्षीय दोर्जे गुरुङ, १५ वर्षीय अनुस चौधरी, १७ वर्षीय विजय घर्तीमगर, १५ वर्षीयका विनोद पुलामी, १४ वर्षीया सृष्टि मगर, २४ वर्षीया रञ्जीता चौधरी, १९ वर्षीयका विजय घिमिरे घाइते भएका छन्।

    त्यसैगरी, विकास बलामी, सन्तोष हमाल, प्रविन भट्टराई, मेघराज पोख्रेल मधुसुदन चौधरी, रोशन चौधरी र कृष्ण चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई कोहलपुर पठाइएको सशस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए। प्रमुख न्यौपानेका अनुसार घाइतेहरूलाई सशस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अंचल अस्पताल तुलसीपुरमा पुर्‍याइएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]