समाज

धादिङमा दुर्घटना बीस घाइते, ६ काे अवस्था गम्भीर
SHARES

कात्तिक २३, २०७५

    धादिङ : धादिङ चरौँदी र ससाहमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन्। 

    काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा २ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन्। 

    घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घइतेको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

    यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]