धर्म-संस्कृति

यी वस्तु : जो भाइटीकामा नभई हुँदैनन्
SHARES

कात्तिक २३, २०७५

    सप्तरंगी टीका

    भ्रातृद्वितीयामा दाजुभाइलाई टीका लगाउँदा पञ्चरंगी वा सम्तरंगी टीकाको प्रयोग गरिन्छ। भ्रातृद्वितीयामा दाजुभाइलाई टीका लगाउँदा विविध रंग प्रयोग गर्नु भन्ने विधान छैन। पूजाअाजा वा धार्मिक कार्यमा सेतो र रातो चन्दनको प्रयोग गरिन्छ। रातो, सेतो, पहेँलो, हरियो, निलो, सुन्तले, बैजनीजस्ता रंग लगाउने चलन पछि थपिँदै गएको हो। 

    विभिन्न रंगलाई विभिन्न पक्षको प्रतीक मानिन्छ। रातो रंग खुशी वा वीरताको, सेतो शान्ति र सद्भावको, हरियो प्रकृतिको इत्यादि। तर पहिले यी रंगहरू पनि प्राकृतिक रूपमा बनाइने चलन रहेको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्। ‘पिठोबाट सेतो, दुवोबाट हरियो, रक्तचन्दनबाट रातो र हलेदोबाट पहेँलो रंग आदि बनाइन्थ्यो’, उनी भन्छिन्। 

    फूल र माला

    भाइटीकामा नभई नहुने वस्तु हाे, फूल र माला। हिन्दू देवकार्य र पितृकार्यमा फूलको ठूलो महत्त्व छ। भगवान्लाई मात्र नभई मान्यजनको सत्कार गर्दा वा कसैको मंगल कामना गर्न पनि फूल दिने चलन छ। सम्मान गर्दा मालाले गरिन्छ। आयुर्वेदमा स्वास्थ्योपचारमा समेत फूलको प्रयोग हुन्छ। मूल्यको हिसाबले सस्तो र गरिमाका हिसाबले उच्च महत्त्व बोकेको छ, मालाले। त्यसैले पनि यो बेला उपलब्ध हुने गोदावरी–सयपत्री र मखमलीका माला आफ्नै हातले उनेर दाजुभाइका गलामा लगाइदिन्छन्, दिदीबहिनीले।

    तेल र अोखर

    टीका लगाउनुअघि दिदीबहिनीले तेलको धाराले दाजुभाइले घेर्ने चलन छ। दाजुभाइको सुरक्षाका लागि यसरी तेलको घेरा बनाइन्छ। यसरी घेरेको तेल नसुकेसम्म भाइलाई यमदूतले लैजान सक्दैनन् वा नसकुन् भन्ने भावनात्मक पक्ष जोडिएको छ। 

    यसैगरी टीका लगाउनुअघि ढोकामा हाडे ओखरको पूजा गरी टीका लगाइसकेपछि फोर्ने चलन छ। दाजुभाइलाई हानि गर्ने खराब तत्त्वहरूको नाश गरेको प्रतीकको रूपमा यसको महत्त्व छ।

    परिकार

    भाइटीकामा दाजुभाइलाई खुवाउन भनेर कम्ता मिहिनेत गर्दैनन् दिदीबहिनी। सेलरोटी अनरसालगायत मिठाइ त भई नै हाल्याे। टीका लगाएपछि खुवाउने खानेकुरा बनाउन पनि त्यत्तिकै मिहिनेत पर्दछ। वर्षमा एकपटक दाजुभाइलाई खुवाउँदा केही कमी होला भन्ने चिन्ता दिदीबहिनीमा हुन्छ। यो दिन दिदीबहिनीले बनाएका दाल भातसँगै तरकारी र अचारका विविधताले पनि ठूलो महत्त्व राख्छ।

    मसला–फलफूल

    अाफ्नै देशमा उत्पादन नभए पनि वा कम भए पनि नरिवल, छोकडा, बदाम, काजु, किसमिस र अोखरजस्ता मसला दाजुभाइलाई दिन अनिवार्य मानिन्छन्।स्याउ,केरा र सुन्तलाजस्ता फल पनि भाइटीकाको भागमा परेकै हुन्छ। पूर्वीय परम्परामा कसैलाई सत्कार गर्दा पान–मसला दिने गरिन्छ। कृषिमा आधारित जनजीवन भएकाले फलफूलमा केरा वा दही पनि सगुनका वस्तु मानिन्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]