समाज

बोलेरो दुर्घटना : पाँचैजनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो
SHARES

प्रतीकात्मक तस्वीर
कात्तिक २३, २०७५

    गुल्मी : शुक्रबार भाइटीका लगाइदिन माइत जाँदै गर्दा बोलेरो जिप दुर्घटनामा परी एकै परिवारका पाँचजना घाइते भएका छन्। घाइते सबैलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंको महाराजगंजस्थि शिक्षण अस्पतालमा पठाइएको छ।

    सदरमुकाम तम्घासदेखि रेसुङगा नगरपालिका ३ भाड गाउँ जाँदै गर्दा करिब ११ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए।  प्रहरी नायब निरीक्षक खत्रीका अनुसार बा १० च ६१५२ नम्बरको जिप दुर्घटना हुँदा  रेसुङगा नगरपालिका १ की ४५ वर्षीया निर्मला केसी, २३ वर्षीया सन्ध्या केसी,२६ वर्षीय प्रवेश केसी, १६ वर्षीया पुष्पा राना र रुपन्देही फूलवारीकी २१ वर्षीया मोनिका घिमिरे घाइते भएका हुन्।

    मोनिका निर्मला केसीकी दिदीकी छोरी हुन् भने राना घरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ। जिप सडकदेखि १०० मिटर तल खसेको हो भने चालक फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। जिप दुर्घटनाको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]