छापा

दूरसञ्चार रोयल्टीमा जरिवानाको व्यवस्था
SHARES

कात्तिक २७, २०७५

    काठमाडौं : दुरसञ्चार सेवा प्रदायक नियम अनुसार वार्षिक बुझाउनुपर्ने रोयल्टी समयमै नुबझाए जरिवाना तिर्नुपर्ने भएको छ। 

    दूरसञ्चार नियमावली २०५४ मा भएको सातौं संशोधनले पहिलो पल्ट रोयल्टीको ढिलाइमा पनि जरिवाना कायम गरेको हो।  नेपाल दूरसञ्चार प्राधिकरणले २०७३ साल जेठ ३ गते गरेको उक्त संशोधनको प्रस्ताव गत असोज २३ गते राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने भएको हो।

    संशोधन अनुुसार समयमै रोयल्टी रकम नबुझाउने त्यता सेवा प्रदायकले बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको खबर गोरखापत्र दैनिकमा छ छ। 

    प्राधिकरणले सेवा प्रदायकसँग अनुमतिपत्र, नवीकरण दस्तुर, ग्रामिण दूरसञ्चार विकास कोषर रोयल्टी बापतको शूल्क लिने गर्छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]