मनोरञ्जन

'जिरो' गीत : शारुख र सलमानसँगै
SHARES

मंसिर १८, २०७५

    शारुख खान स्टारर फिल्म 'जिरो'को नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'इश्कबाजी’ बोलको गीतमा इरशाद कामिलको शब्द तथा अजय-अतुलको संगीत रहेको छ। गीतमा सुखव‍िन्दर स‍िंह र द‍िव्य कुमारले स्वर दिएका छन्।

    सार्वजनिक उक्त गीतको भिडियोमा शारुख खानसँगै सलमान खान पनि देखिएका छन्। भिडियोमा दुबैले सँगै कम्मर मर्काएका छन्। भिडियोको सुरुवात भने शारुख खान र कटरीन कैफको किस सिनबाट हुन्छ।

    आनन्द एल राय निर्देशित यस फिल्ममा कट्रिन कैफको पनि मुख्य भूमिका रहेको छ। यस फिल्ममा सलमान केमियो भूमिकामा मात्र छन्। हिमांशु शर्माले लेखेको यस फिल्ममा गौरी खान निर्माताको रूपमा रहेकी छन् भने करुना बड्वाल फिल्मकी सह-निर्माता हुन्। फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]