राजनीति

नेकपा दाङमा एकताको सहमति
SHARES

प्रतीकात्मक तस्बिर
मंसिर १९, २०७५

    दाङ : दाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकताका लागि सहमति जुटाएको छ। एकता कार्यदलको बैठकले तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा पूर्वएमाले र एउटा पूर्वमाओवादी केन्द्रले लिने सहमती भएको छ।

    कार्यदलका सदस्य रामजी चौधरीका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रमुखको जिम्मा पूर्वमाओवादी केन्द्रले पाउने र निर्वाचन क्षेत्र नं १ र ३ पूर्वएमालेले जिम्मा पाउने सहमती भएको हो। त्यस्तै प्रदेश निर्वाचन क्षेत्रमा १ को (ख), २ को (क) र ३ को (क)मा प्रमुखको जिम्मा पूर्वमाओवादी केन्द्रले पाउने सहमती भएको छ, भने निर्वाचन क्षेत्र १ को (क) र २ को (ख) र ३ को (ख)मा प्रमुखको जिम्मा पूर्वएमालले पाउने सहमति भएको सदस्य चौधरीले बताए। 

    त्यस्तै दाङका दशवटै स्थानीय तहको इञ्चार्जमा बराबरी प्रतिनिधित्व हुने भएको छ। घोराही उपमहानगर र लमही नगरसहित पाँच वटा स्थानीय तहको इञ्चार्ज पूर्वमाओवादी केन्द्रले पाएको छ, भने तुलसीपुर उपमहानगरसहित पाँच वटा स्थानीय तहको इञ्चार्ज पूर्वएमालेले पाएको छ।

    त्यस्तै पालिका सहइञ्चार्ज माओवादी केन्द्रले ६ र एमालेले चारवटा पाएका छन्। पालिका कमिटी अध्यक्ष भने पूर्वएमालेले ६ र पूर्वमाओवादी केन्द्रले चारवटा पाएका छन्। जसअनुसार घोराही, लमही, गढवा, शान्तिनगर, बबई र दंगीशरणमा पूर्वएमालेका नेता अध्यक्ष बन्ने छन् भने तुलसीपुर, राजपुर, राप्ती र बंगलाचुलीमा पूर्वमाओवादी केन्द्रका नेता अध्यक्ष बन्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]