समाज

उदयपुरमा जंगली हात्तीको त्रास,साताभित्रै ७ घर भत्कायो
SHARES

मंसिर २०, २०७५

    उदयपुर : चुरे जंगल आसपासका बस्तीहरूमा जंगली हात्तीको त्रास बढ्दै गएको छ। जिल्लाको दुई नगरपालिकाकामा एक हप्ताको अवधिमा सात घरमा जंगली हात्तीले क्षति पुर्‍याएको छ।

    त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका गरी हप्ता दिनमा सात घर जंगली हात्तीको समूहले भत्काएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। हिजो बुधबार राति ४ वटा जंगली हात्तीको समूहले त्रियुगा नगरपालिका ३ स्थित ठाडीमा भवानीप्रसाद चौधरी, राजन चौधरी र रामेश्वर चौधरीको घर भत्काइदिएको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए।

    राईका अनुसार भवानी चौधरीको घर भत्काउनुको साथै तीन क्विन्‍टल धान, चामल खाएर नष्ट गरिदिएको छ। राजन चौधरीको घर र रामेश्वर चौधरीको घर भत्काइदिएको छ। ‘हात्तीले के कति क्षति गर्‍यो त्यसको विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘जंगली हात्तीको त्रासले भुल्के, ठाडी, चाँप, मोतिगडा, क्याम्पस डाँडाका वासिन्दा रातभरी स्थानीयले जागा बस्नुपरेको थियो।’

    यसैक्रममा शुक्रबार राति त्रियुगा नगरपालिका २ खैजनपुरमा जंगली हात्तीले दीपक सार्कीको फुसको छानो भएको घर भत्काउनुको साथै घरमा भएको अन्नपात नष्ट गरिदिएको पनि प्रहरीको भनाइ छ। गएकै आइतबार राति नै चौदण्डीगढी नगरपालिका–१० हडियामा जंगली हात्तीको समूहले स्थानीय टीकाराम दाहाल र विक्रम दाहालको घरको भुइँतला भत्काउनुको साथै चामल एक क्विन्टल, मकै ३० किलो र ५० किलो चोकर नष्ट गरेको प्रहरीको भनाइ छ। हिउँद सुरु भएपछि भारतबाट तराई हुँदै चुरे जंगल आउने जंगली हात्तीहरुले बर्सेनि क्षति पुर्‍याउँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]