समाज

अतिक्रमित घर-टहरा भत्काएर सडक विस्तार
SHARES

मंसिर २०, २०७५

    दुनै(डोल्पा) : लामो समयको प्रयासपछि त्रिपुरासुन्दरी नगरपालिकाको बगर बजार क्षेत्रमा सडक अतिक्रमित गरेर बनाइएका घरटहरा भत्काएर सडक विस्तार गरिएको छ।

    जाजरकोट–डोल्पा सडकअन्तर्गत पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ बगर बजार क्षेत्रमा सार्वजनिक सडक अतिक्रमित गरेर बनाइएका घरटहरा डोजर लगाएर भत्काउँदै नेपाली सेनाको सडक निर्माण कार्यदलले सडक विस्तार गरेको हो। सडक विस्तारको क्रममा अतिक्रमित गरी बगर बजारमा बनाइएका १२ घर र १६ वटा घरटहरा स्थानीयको सहयोगमा नेपाली सेनाले भत्काएको हो।

    अतिक्रमित घरटहरा भत्काएर सडक विस्तार गर्ने क्रममा घरधनीहरूले अवरोध खडा गरेका थिए। अतिक्रमित गरी बनाइएका घर-टहराका धनी र सडक निर्माण कार्यदलबीच केही समय विवादसमेत भएको थियो। नेपाली सेनाको सडक निर्माण कार्यदलले स्थानीयको सहयोगमा छलफल र वार्ता गरी लामो समयपछि अतिक्रमित घरटहरा भत्काएको छ।

    त्रिपुरासुन्दरी नगरपालिकाको छलगाडदेखि सुँपानीसम्मको ४ किलोमिटर सडक विस्तार तथा स्तरवृद्दिको क्रममा बगरबजार क्षेत्रका अक्रिमित घरटहरा भत्काइएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए।

    कात्तिकको अन्तिम सातामा जाजरकोटको पासागाडदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ छलगाडसम्मको १०० किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरेको नेपाली सेनाले जाजरकोट–डोल्पा सडकको औपचारिक उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजारमा गरिने तयारी नेपाली सेनाले गरेको थियो।

    त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने छलगाड- ३ देखि सुँपानीसम्मको करिब ४ किलोमिटर सडक खण्डमा पर्ने बगरबजार क्षेत्रमा सडक अतिक्रमित गरी बनाइएका घरटहरा हटाउन घरधनीहरूले नमानेपछि बजार बजारसम्मको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने छलगाड खोलाको अन्नीचौरमा मंसिर ४ गते संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गरेका थिए।

    छलगाडदेखि त्रिपुराकोट बजार क्षेत्रसम्मको ट्रयाक खोल्ने कार्य सम्पन्न भएर मालबाहक ट्रयाकटर र निर्माण उपकरण बजार क्षेत्रमा भित्रिसकेका छन्। केहि समयभित्र सडकको फिनिसिङ सम्पन्न गरी जिप संचालनमा आउने जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल पहाडीले बताए।

    त्रिपुरासुन्दरी नगरपालिकाको सुँपानीदेखि सदरमुकाम दुनैसम्मको १४ किलोमिटर सडक खण्ड तत्कालीन जिल्ला विकास समिति र स्थानीय निकायको आर्थिक लगानीमा ट्रयाक खोल्ने काम सम्पन्न भई यातायातका साधनहरु जिप र ट्रयाकटरहरु संचालनमा आइरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]