समाज

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
SHARES

मंसिर २०, २०७५

    पाल्पा : पाल्पामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनाशकाली ५ दर्लमडाँडाका ४७ वर्षीय टेकबहादुर खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। माथागढी तीन सराइबाट बाँसटारीतर्फ आउँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाइकलले मदन पोखराको दमकडामा बुधबार साँझ खाम्चालाई ठक्कर दिएको थियो।

    गम्भीर घाइते खाम्चाको लुम्विनी मेडिकल कलेज प्रभारसमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले बताए। सडक छेउमा हिड्दै गरेका खाम्चालाई मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले बताए। त्यसैगरी करेण्ट लागेर एकजना घाइते भएका छन्।

    बिहीबार बिहान तानसेनको बसपार्कमा घरको वायरिङ गर्ने क्रममा करेण्ट लागेर नवलपरासीको सरावल गाउँपालिका ४ का २० वर्षीय नेमराज हरिजन घाइते भएको प्रहरीले जनाएको छ। उनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]