समाज

कार्यविधि अभावमा औद्योगिक ग्राम सञ्चालनमा समस्या
SHARES

मंसिर २०, २०७५

    धनकुटा : धनकुटामा स्थापित औद्योगिक ग्राम कार्यविधिको अभावमा सञ्चालनमा आउन सकेको छैन। स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनको लागि धनकुटामा नेपालमै पहिलोपटक औधोगिक ग्राम स्थापना गरिएको थियो। तर, औद्योगिक ग्राम सञ्चालनको कार्यविधि नबन्दा पहिलो चरणका भवन निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन।

    घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले आर्थिक वर्ष ०७४/७५ मा निर्माण सम्पन्न गरेको ग्राम हालसम्म सञ्चालनमा आएको छैन। धनकुटा नगरपालिका-६ मा स्थापना भएको ८ महिना बित्न लाग्दा पनि घरेलु तथा साना उद्योगको प्रदेश कार्यालय कहाँ रहने भन्ने अन्योलताका कारण कायविधि नबन्दा सञ्चालनमा समस्या भएको हो।

    उद्योग स्थापनाको लागि धनकुटाको अमलेटारमा ०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरियो। तर, लामो समयसम्म कुनै पनि उद्योग स्थापना हुन नसक्दा संरक्षण अभावका कारण अधिग्रहण गरिएको जग्गा बेवारिसे बनेको थियो। अन्तत: औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर औद्योगिक ग्राम स्थापनाको तयारी गरिएको थियो। पहिलो चरणमा सुर्खेत र धनकुटामा औद्योगिक ग्राम स्थापनाको तयारी गरिए पनि धनकुटामा भने पहिलो चरणको भवन निर्माण भइसकेको छ। यो सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका प्रमुख दीपक पौडेलले बताए।

    हालसम्म करिब ४ करोड रुपैयाँको लागतमा औद्योगिक ग्रामको ४८ मध्ये पहिलो चरणमा  १३ वटा ब्लक निर्माण गरिएको छ। त्यस्तै पहुँच मार्ग, पर्खाल, गेट, नाली र पानी ट्यांकी निर्माण गरिएको छ। अब थप दुई चरणमा गरी ‘ए’ र ‘सी’ टाइपका थप ३५ ब्लकहरू निर्माण गरिनेछ। थप ब्लक निर्माणका लागि चालु आव ०७५/७६ मा २ करोड ५० लाख रूपैयाँ आइसकेको पौडेलले बताए।

    त्यसमा पनि बजेट विषयान्तर भएर पुल र बाटोलाई भनेर आएकाले पुनः शीर्षक सुधारका लागि मन्त्रालयमा पठाएको उनको भनाइ छ। औद्योगिक ग्राममा साना उद्योग, आवास, बिक्री कक्ष, बालकेयर सेन्टर, स्वास्थ्य सेवा लगायतको सबै सेवा उपलब्ध हुने बताइएको छ। जग्गा अधिग्रहणको लामो समयपछि पूर्वाधार निर्माण भएका स्थानीय बासिन्दा तथा उद्यमी खुसी बनेका स्थानीय अहिले निराश बनेका छन्। धेरै प्रकारका उद्योग एकै स्थानमा हुँदा उद्यमीलाई फाइदा हुने र रोजगारीको अवस्था सिर्जना हुने स्थानीय उद्यमी कविता कन्दङ्वाले बताइन्।

    तर, औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न हुँदासमेत सञ्चालन कार्यविधि निर्माण हुन सकेको छैन। औद्योगिक ग्राम कसको मातहतमा रहने भन्ने आन्योलताका कारण कार्यविधि बन्न नकेको हो। जसका कारण पहिलो चरणमा सम्पन्न भएका भवनसमेत सञ्चालनमा आउन सकेको छैन। सरकारले एक स्थानीय तह एक औद्योगिक ग्रामको नारा अघि सारेको छ। तर, यो अभियान अगाडि नै निर्माण सुरु गरिएको औद्योगिक ग्राम तत्काल कार्य सञ्चालन विधि निर्माण गरी सञ्चालन गर्न आवश्यक छ। यसले पूर्वी-पहाडका साना उद्योगको प्रवर्द्धन गर्ने त छनै साथै नेपालकै पहिलो र नमुना औद्योगिक ग्राम बन्नेमा समेत दुइमत छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]