अर्थ

बैंकले व्याजदरमा बढाबढ गर्दा उद्याेगी त्रसित, सीमाभित्र राख्न एफएनसिसिअाईकाे अाग्रह
SHARES

मंसिर २०, २०७५
     काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिअाई)ले ब्याजदरमा बैंक बढाएकाे भन्दै राेक्नकाे लागि अर्थमन्त्रालय र मातहतका निकायलाई अाग्रह गरेकाे छ।  वाणिज्य बैंकले व्यक्तिगत निक्षेप खोस्न ब्याज बढाबढाउन थालेपछि महासंघले राेक्नकाे लागि अाग्रह गरेकाे हाे। 
     
     बैंक तथा वित्तिय संस्थाबाट एकतर्फी रुपमा ब्याजदर वृद्धि हुँदा उद्योग व्यवसाय गम्भिर संकटमा परेको महासंघका निमित महानिर्देशक गोपाल तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ। विज्ञप्तिमा ब्याजदर निश्चित सीमा भित्र राख्न सरकार, अर्थमन्त्रालय र राष्ट्र बैंकलार्इ आग्रह गरिएको छ। 
     
     पछिल्लाे तीन दिनमा बैंकहरुले अधिकतम साढे २ प्रतिशत बिन्दुले बढाएर साढे १३ प्रतिशत पुगेकाे छ।  महासंघले ब्याजदर बढ्दा लगानी समेत निरुत्साहित भएको जनाएको छ। 
     
     ब्याजदरका कारण लगानी निरुत्साहित भएर सरकारले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य भेट्याउन कठिन हुने जनाएको छ। महासंघले व्याजदरलाई निश्चित सिमाभित्र रहने वातवरण मिलाउन मातहतका निकायलाई अाग्रह गरेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]