समाज

९० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा
SHARES

मंसिर २१, २०७५

    कंचनपुर ः चिसोबाट जोगाउनका लागि कंचनपुरको शुक्लाफाँटा नगरपालिका- ९ का ९० जना ज्येष्ठ नागरिकलाई शुक्रबार न्यानो कपडा (कम्बल) वितरण गरिएको छ। आर्थिक रूपमा विपन्न दलित र अन्य समुदायका ज्येष्ठ नागरिकलाई वडा कार्यालयमा आयोजित कार्यक्रममा न्यानो कपडा वितरण गरिएको हो।

    लक्षित वर्गका लागि विनियोजित ५० हजार रुपैयाँ बजेट खर्च गरेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष रमेशबहादुर ऐरले बताए।
    ‘दलित ५० जना र अन्य समुदायका ४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छौँ’, उनले भने। 

    न्यानो कपडा थाप्नका लागि वडा कार्यालय पुगेकी कौशिला सार्कीले खुसी व्यक्त गर्दै भनिन्, ‘आर्थिक अभावले चिसोका बेला कपडा किन्न सकेका थिएनौँ। वडा कार्यालयबाट कपडा पाउँदा निकै सहज हुने भएको छ। साँझ बिहान घरको काम गर्ने बेला न्यानो कपडा ओढ्न पाइने भएको छ।’ 

    यसअघि वडा कार्यालयले वडाभित्रका ८० जना एकल महिलालाई आयआर्जनका लागि कुखुरा निःशुल्क प्रदान गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]