समाज

निर्मलाको न्याय माग्दै मुखमा सेतोपट्टि बाँधेर धर्ना
SHARES

मंसिर २१, २०७५

    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ खोल्टीकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्नामा बसेका अधिकारर्मी महिलाले मुखमा सेतोपट्टि बाँधेर विरोध जनाएका छन्।  

    नागरिक संघर्ष समितिले आयोजना गरेको विरोधको कार्यक्रममा अधिकारकर्मी र हत्या गरिएकि बालिकाका आफन्तको सहभागिता रहेको थियो। बिहीबार महेन्द्रनगर बजारमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिएको थियो। बुधबार संघर्ष समितिले दिउँसै टर्च बालेर महेन्द्रनगर बजारमा निर्मलाको न्यायका लागि विरोध प्रदर्शन गरेको थियो। यस अघि महिला अधिकारर्मीले टाउकोमा कालोपट्टि बाँधेर सडकमा सुतेर न्याय मागेका थिए। नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मीना भण्डारीले निर्मलाले न्याय नपाउँदा सम्म संघर्षका कार्यक्रम जारी रहने बताइन्।

    समितिको बैठकले नयाँ आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ। मंसिर २२ गते पर्चा पम्प्लेटिङ गर्ने, २३ गते राष्ट्रिय झण्डा र तराजुसहित आँखामा कालोपट्टि बाँधेर दुईघण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने, २४ गते निर्मलाको शवको पुत्ला बनाई जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र २५ गते मुख्य मन्त्रीको कार्यालयको गेट अगाडि शवको पुत्ला बनाई धर्ना दिने बताइएकाे छ।

    २६ गते विरोध सहितको प्रभात फेरिको आयोजना गर्ने कार्यक्रम तय गरिएको आफन्तले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]