समाज : सुरक्षा/अपराध

दशकेजी चरेशसहित एक भारतीय पक्राउ
SHARES

मंसिर २१, २०७५

    पर्सा : जिउमा १० केजी चरेश बाँधेर भारततर्फ गइरहेको समयमा एक भारतीयलाई वीरगन्ज भंसार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नियमित चेकजाँचमा खटेको राजश्व तथा भंसार गस्ती गुल्मको टोलीले वीरगन्ज भंसार कार्यालय अगाडिबाट जिउमा १० केजी चरेश बाँधेर भारततर्फ गइरहेको समयमा अभियुक्तलाई पक्राउ गरेको हो।

    पक्राउ पर्ने भारतीय नागरिक भारत उत्तर प्रदेश बेशोपुरो मथुरा स्थायी ठेगाना भएका वर्ष ४५ का गिर्राज रहेको राजश्व तथा भंसार गस्ती गुल्मका गुल्मपति तिलकबहादुर खड्काले बताए। परिचय पत्रमा गिर्राज मात्र लेखिएका अभियुक्तको नेपालदेखि भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेको उनको भनाइ छ। 

    पक्राउ परेका अभियुक्त गिर्राजलाई पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धानका लागि लागुऔषध चरेशसहित बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]